कॉंग्रेस नगर कमिटी पाख्रीबासको अधिवेशन सम्पन्न,सभापतिमा भण्डारी
धनकुटा । पार्टीको १४ औं महाधिवेशन अन्र्तगत नेपाली कांग्रेस पाख्रीवास नगर कमिटीको अधिवेशनले सर्वसम्मत ३४ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
हिजो आयोजित भेलाबाट प्रेम भण्डारीको सभापतित्वमा ३४ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
नगर सभापति भण्डारीका अनुसार नवगठीत नगर कमिटीको उपासभापतिमा गंगादेवी आले र चन्द्र वस्नेत, सचिवमा वीर बहादुर थापा र सन्तोष मानन्धर, सहसचिवमा ईन्दिरा कार्की र दान बहादुर तामाङ रहेका छन् । कोषाध्यक्ष भने पछि पछि थप गरिने उहाँले वताउनुभयो ।
अधिवेशनमा पार्टीका केन्द्र तथा जिल्ला स्तरका नेता,पूर्व वडा सभापतिहरु,महासमिति सदस्य,क्षेत्रिय प्रतिनीधि लगायत सयौको उपस्थिती थियो ।


