बागलुङका आठ पालिकामा नेतृत्व चयन, दुईमा सहमतिको प्रयास जारी

बागलुङ, ११ असोज । नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो ।

बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागलुङका अनुसार ढोरपाटनमा धनबहादुर कायत ‘कल्याण’ र जैमिनी नगरपालिकामा प्रेम सापकोटा सभापतिमा निर्वाचित हुनुभएको छ । यी दुई नगरपालिकामा पनि सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिममा मतदानबाट नेतृत्वको टुङ्गो लागेको हो ।

बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जनाइएको छ । बडिगाडमा कृष्ण गुरुङ, निसीखोलामा सूर्यबहादुर घर्ती, तमानखोलामा लीलाबहादुर छन्त्याल, ताराखोलामा कमलापती पाठक र काठेखोलामा यामदत्त कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ ।

गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा भने अझै नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतका लागि अहिले पनि छलफल चलिरहेको र सहमति नजुटे आज निर्वाचन हुने कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।