एमाले टुक्राउनेलाई इतिहासले जवाफ दिनेछः मुख्यमन्त्री शाक्य

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदभन्दा पार्टी ठूलो भएकाले पार्टीबाटै जनताको सेवा गर्न सकिने बताएकी छिन् ।

नुवाकोटमा बुधबार आयोजित एमाले कार्यकर्ता भेलाको उद्घाटन समारोहमा बोल्दै एमाले उपाध्यक्षसमेत रहेकी शाक्यले आफू सदैव पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटाएर अरु सरकारलाई सहयोग गर्न नसकेको स्पष्ट पारिन् ।

पार्टीभित्र केही बेमेल भएपनि पार्टी फुटको पक्षमा आफू नरहेको स्पष्ट पारिन् । उनले माधव नेपाललाई पहिले सहयोग गरेको भएपनि उनी आफ्नो घर भत्काएर अरुको बनाउनेतिर अग्रसर भएको देखेपछि उनको साथ छोडेको बताईन् ।

उनले पार्टीबाट फुटेर जानेहरुले आगामी निर्वाचनमा आफ्नो हैसियत देख्ने भन्दै एमाले टुक्राउनेहरुलाई इतिहासले जवाफ दिने समेत धारणा व्यक्त गरिन् ।

शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीको रुपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖