अखिल (क्रान्तिकारी)को इतिहासमै पहिलो महिला अध्यक्ष: पन्चा सिंहले मा’रिन बाजी

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को इतिहासमै पहिलो पटक महिला अध्यक्ष बन्ने भएकी छन् । अध्यक्षको दौडमा रहेका अन्यलाई पछिपार्दै पन्चा सिंहले बाजी मार्ने भएकी छन् ।

पार्टीमा भातृसंगठनमा पनि पार्टी नेतृत्वले अस्तक्षेप गर्ने भएपछि उनी अध्यक्ष बन्ने पक्का भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनभित्र निर्वाचन विधिलाई रोकेर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने नाममा नेतृत्व छान्ने जिम्मा आफैले लिएका छन् । यसअघि वाइसिएलमा पनि यहि अवस्था आएपछि पार्टीले नै निर्णय गरेको थियो ।

स्थायी समिति बैठकपछि विद्यार्थी फ्याक्सन इन्चार्ज समेत रहेका हितमान शाक्यलाई प्रचण्डले छुट्टै भेट गरी सिंहको पक्षमा माहोल निर्माण गर्न खटाएका थिए । प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने गरी शनिवार नै विद्यार्थी नेताहरुलाई सन्देश पठाइसकेका थिए । त्यसपछि शाक्यले शनिवार बेलुकी नै विद्यार्थी नेतृत्वको लागि आकांक्षी ६ जना विद्यार्थी नेताहरुलाई राखेर अध्यक्षमा सिंहलाई अगाडि बढाउने तयारी पार्टीको भएको सुनाएका थिए ।

प्रचण्डले अध्यक्षका अन्य आकांक्षीलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने बचन दमेत दिएको बुझिएको छ । शनिबारको स्थायी समिति बैठकमा आमन्त्रित फ्याक्सन इन्चार्ज शाक्यले आकांक्षी नेताहरुको बारेमा बैठकमा शुरुमा बिफ्रिङ गरेपछि अन्य नेताहरुले सम्भावित विद्यार्थी नेताहरुका बारेमा आ–आफ्नो धारणा राखेका थिए । त्यसपछि प्रचण्डले आफैले नेतृत्व छान्ने जिम्मा लिएका थिए ।

आइतबार बिहान प्रचण्डले आफ्नै निवास खुमलटारमा आकांक्षी नेताहरुलाई सिंहको नाममा सर्वसम्मत बनाएर जान र अन्य विद्यार्थी संगठनबाट बाहिरिने नेताहरुलाई दिने जिम्मेवारीका विषयमा छलफल गरेका छन् ।

अखिल क्रान्त्रिकारीको इतिहासमै सिंह पहिलोपटक नेतृत्वमा पुगेकी महिला नेतृ हुन् । यसअगाडि क्रान्तिकारी विद्यार्थी संगठनको नेतृतवमा महिला पुगेका थिएनन् । नेतृत्वका लागि कञ्चन खनाललगायत नेतृहरु पहिला पनि दाबेदार रहे पनि अवसर पाउन सकेका थिएनन् । तर यसपटक अन्य आकांक्षी ५ पुरुष विद्यार्थी नेतालाई पछि पार्दै प्रचण्डको रोजाईमा अध्यक्ष बन्ने मौका पाएकी हुन् । उनी माओवादी केन्द्रमा अर्थमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य जनार्दन शर्मा निकटकी विद्यार्थी नेतृ हुन् ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, तिलक भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा, विजय गौतम पनि आकांक्षी थिए । त्यसमध्ये सिंह, बस्नेत, भण्डारी र अधिकारी मुख्य दाबेदार थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।