अहिलेको सबै खेल सत्ताकै लागि : अध्यक्ष ठाकुर

सुधा देव/सप्तरी, १८ असोज/लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन्।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफूरु सरकारमा जानुभन्दा पनि मधेश मुद्दा सम्बोधन होस् भन्न चाहेको बताए ।

लोसपाका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम जसपाले गरिरहेको आरोप लगाए । आगामी निर्वाचनमा जसपासँग गठबन्धन नहुने उनको भनाइ छ ।

´हामीले एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीले निर्वाचन आयोगमा गएर फुटाएको आरोप लगाए । आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग कुनैपनि हालतमा गठबन्धन गर्दैनौं,’ उनले भने ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो ।

वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖