प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुँदै, भीम आचार्यलाई विस्थापन गर्दै राजेन्द्र राई

विराटनगर, २२ असोज । राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बिहीबार सिंदरवारमा बसेको गठबन्धनको बैठकले बाग्मती र प्रदेश १ का मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेपछि प्रदेश १ मा राई मुख्यमन्त्री बन्ने निश्चित भएको हो । मुख्यमन्त्रीका लागि राई प्रदेश १ मा नेकपा एसको एकल उमेदवार हुन् ।

दुईदिन अगाडि मात्र नवनिर्मत संसद भवनको उद्घाटन गर्दैै मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैँमा मासु खाएर ठन्डा दिमाग लिएर आउनुहोस् अनि सहमतिको सरकार बनाउँ भनेका थिए । उनको भनाइअनुसार उनले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत नलिने बुझिएको छ ।

शुक्रबार बस्ने संसदीय दलको बैठकले के गर्ने भन्ने निर्णय गर्ने नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले बताए । गत १० भदौमा मुख्यमन्त्री भएका आचार्य एक हप्ता नबित्दै अल्पमतमा परेका थिए । १६ भदौमा प्रदेश निर्वाचन आयोगमा नेकपा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेका हुन् ।

निर्वाचन आयोगले संसद सचिवालयलाई २५ भदौमा १० जनाले हस्ताक्षर गरेर एकीकृत समाजवादी रोजेको पत्र पठाएका थिए । पाटी फुटेको मितिले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले संसदमा पत्र पठाएको मितिले ३० दिन शुक्रबार पुग्दै छ । तर, मुख्यमन्त्री आचार्यले दसँै अगाडि विश्वासको मत नलिने संकेत गरिसकेका कारण राईलाई दसैँ अगाडि मुख्यमन्त्री हुने बाटो भने खुल्ने देखिँदैन । शुक्रबार दिउसो २ बजेलाई प्रदेशसभाको बैठक बोलाइएको छ ।

प्रदेश प्रमुख परिवर्तन गर्ने र आज विश्वसको मत नलिए बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष जाने तयारीमा गठबन्धनको तयारी थियो । तर, संघमा गठबन्धनले प्रदेश प्रमुख परिवर्तन नगरिदिएपछि उनीहरूका संकटमा परेका छन् । अहिलेका प्रदेश प्रमुख सोमनाथ (प्यासी) अधिकारीलाई भने एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक जना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।