प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता : रक्षामन्त्री रिजाल

विराटनगर, २३ असोज । नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् ।

मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता साझेदार भएकोले नेकपा (एस) लाई मुख्यमन्त्री दिनु बाध्यता भएको बताए ।

एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन मिलाएको तर्क गरे । नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा (एस) लाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उनको यस्तो धारणा आएको हो ।

हिजो बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेसमेत प्रदेश सरकारको बचाउ गरेका थिए । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेतासमेत अलमलमा परेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।