ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोज्यो : नेकपा (एस)

विराटनगर, २६ असोज । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मतका लिनका लागि सोमवार संसद सचिवालयलाई सूचना पठाएका छन् । ३० दिनभित्रमा विश्वासको मत लिइसक्ने कानुनी व्यवस्था रहे पनि मुख्यमन्त्री आचार्यले ३२ ‍औं दिनमा मात्रै सचिवालयलाई सूचना पठाएका हुन् ।

प्रदेश सभा नियमावली नियम १२८को उप नियम १ मा विधानको धारा १८८ को उपनियम १ र २ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयका सचिवलाई सूचना दिनु पर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्रीले सूचना पठाएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

आजका लागि बोलाइएको प्रदेशसभाको बैक विशेष कारण देखाई ५ कार्त्तिक दिनको १ बजे बस्ने गरी स्थगित गरीएको छ । दसैंको मुखमा संसद आह्वान गरे पनि मुख्यमन्त्री आचार्यले भने विश्वासको मत सम्बन्धी कुनै छलफल नै नगरी दसैंपछाडि सारेका छन् ।

यता विपक्षी गठबन्धन दलहरूले भने ढोका बन्द गरेर सरकार झ्यालबाट भित्र छिर्न खोजेको आरोप लगाएका छन् । २५ भदौमा प्रदेशमासमेत दल फुटेको निर्णय निर्वाचन आयोगले गरे पनि मुख्यमन्त्री आचार्यले आफूअनुकुल व्याख्या गरेर सरकारको आयु लम्ब्याएको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले आरोप लगाए ।

मुख्यमन्त्री आचार्यले भने नेकपा (एस)ले २८ गते मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै आएका छन् । विपक्षी गठबन्धनले अवैधानिक भन्दै आए पनि आचार्यले भने राजनैतिक नियुक्तिलाई झन् तीव्रता दिएका छन् ।

हिजो मात्रै विभिन्न पदमा दुई दर्जनभन्दा बढीलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।