प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासको मत लिँदै, तर कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको प्रदेश सभा बैठकअघि बाेलाइएकाे कार्यव्यवस्था परामर्श समितिको बैठक ताेकिएको समयमा बस्न सकेको छैन । सभामुख प्रदीपकुमार भण्डारीले बिहान १०ः३० बजेका लागि बैठक बोलाएका थिए ।

नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्ने रणनीतिअनुरूप सभामुखले बैठक नराखेकाे आराेप लगाए । सत्ता पक्षका सांसदहरूले भने बाढीपहिरोका कारण सांसद नआइपुगेकाले सहमतिमै सर्नसक्ने बताएका छन् । एमाले सांसद हिक्मतबहादुर कार्कीले बाढीपहिरोका कारण सबै सांसद नआएकाले बैठक सर्ने सम्भावना रहेको बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया लम्ब्याउने पक्षमा आफूहरू नभएकाे उनले दाबी गरे ।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका छन् । ५ कात्तिक दिउँसो १ बजे बैठक बस्ने गरी सूचना टाँस गरिएको थियो । आजको बैठक सार्नुपर्ने पक्षमा सत्ता पक्ष छ । तर विपक्षी गठबन्धन आजै विश्वासको मत लिनुपर्ने पक्षमा छन् ।

९२ सदस्यीय प्रदेश सभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एकजना सदस्य छन् । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖