एमाले वडा अधिवेशनः खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ, ६ कात्तिक ।खोटाङमा नेकपा एमालेका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् । मुलुकभर शनिबार भइरहेको वडा अधिबेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व टुंग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गर्ने छन् । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो । प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिवेशन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।