तेह्रथुमका ४३ मध्ये १७ वडामा शनिवार अधिवेशन हुँदै

तेह्रथुम, ६ कात्तिक । तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरुमा नेकपा एमाले तेह्रथुमको वडा अधिबेशन शनिवार हुँदैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो ।

जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ५, छथर गाउँपालिकामा १, फेदाप गाउँपालिकामा ४,मेन्छ्यायेम गाउँपालिकामा ५ र आठराई गाउँपालिकामा २ वटा वडाहरुमा अधिबेशन भइरहेको एमाले तेह्रथुमका प्रचार बिभाग प्रमुख छत्र रिमालले जानकारी दिए ।

रिमालका अनुसार लालिगुराँस नगरपालिकाको कुनै पनि वडामा अधिबेशन आज नहुने भएको छ । त्यस्तै, यसअघि नै मेन्छ्यायेम गाउँपालिकाको १,३ र ४ मा अधिबेशन सम्पन्न भएको छ । शनिबार वडा नं ५ र ६ मा हुने तयारी भएको छ ।

शनिवारबाट सुरु भएको अधिवेशन आगमाी कात्तिक २४ गते सम्पन्न हुने प्रचार बिभाग प्रमुख रिमाले बताए । तेह्रथुमका पालिका अधिबशेन भने कार्तिक २७ बाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।