ओखलढुंगामा एमाले अधिवेशन: वडामा सहमति, जिल्लामा गुटबन्दी

ओखलढुुंगा, ६ कत्तिक ।नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिए ।

जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कटवालले बताए । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असम्भव भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उनले भने ।

कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन । पालिका तथा जिल्लास्तरमा भने गुटगत रुपमा विभाजन हुने देखिएको छ ।

एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्म बनाउन र गुटगत रुपमा काखा र पाखा नगर्न नेताहरुलाई निर्देशन दिइएको एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए । उनले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने उनको भनाइ छ ।

नेकपाकालीन द्वन्द्व जिल्ला तथा पालिकामा रहे पनि वडा तहमा भने विवाद सहतमा आउने गरी देखिएकाे छैन । पालिका तथा जिल्लामा नेताहरुबीच गुटगत विभाजन र गुटबन्दी चर्को रुपमा देखिएको छ ।

वडामा सहमति, पालिका र जिल्लामा गुटबन्दी

पालिका तथा जिल्ला तहमा भने एमालेमा ओलि समुह र १० बुँदे पक्षधर समुह सक्रिय छ । ओलिभित्र पनि खासगरी ईश्वर पोखरेल नजिक रहने नेताहरुले गुट निर्माण गरेका छन् ।

त्यसको नेतृत्व किशोर अधिकारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ, शकुन्तला राजभण्डारी, तीर्थ सुवेदी लगायतले गरेका छन् । यो समुहमा माओवादीबाट प्रवेश गरेका बालकृष्ण ढुंगेल, सुरेश थापा, अशोक थापा लगायतका जिल्ला तहका नेताहरु पनि छन् ।

१० बुँदे पक्षधरहरुको नेतृत्व यज्ञराज सुनुवारले गरेका छन् । यो समुहमा नेताहरु हर्कबोल राई, मणिराज राई हरिकुमार राई, गोविन्द पौडेल, सुनिल खड्कालगायत छन् ।

ओली पक्षीय समुहमा भने चर्को विवाद छ । प्रदेश सांसद अम्बीरबाबु गुरुङ, नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल, तीर्थ सुवेदीलगायतको एक र केन्द्रीय सदस्य किशोर अधिकारी, मोहन श्रेष्ठ, सीताराम गुरुङ लगायतको अर्को उप समूह छ ।

यो विवादमा खेलेर १० बुँदे पक्षधर नेताहरुले राजनीतिक संस्कार भएका नेताहरुको मजबुद समुह निर्माण गर्न खोजेको एक जिल्ला नेताले बताए । उनले भने, ‘अब एमालेमा राजनीतिक र गैरराजनीतिक समुहको धुव्रिकरण हुन्छ, गैरराजनीतिक समुह क्षणिक लाभहानीमा लागेकाले दीर्घकाल टिक्दैन ।’

एमालेमा माओवादीबाट प्रवेश गरेका र व्यापार व्यवसायबाट राजनीतिमा आएकाहरुलाई ‘राजनीतिक संस्कार’ नभएका भनेर मतदाता, कार्यकर्ताहरुले आलोचना गर्ने गरेका छन् । कार्यकर्ताहरुमाथि गरिने व्यवहारका आधारमा नेताहरुको वर्गीकरण मतदाता तथा कार्यकर्ता तहबाटै हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।