एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

पोखरा, ६ कार्तिक ।नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’

निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया सुरु गरेको बताए । ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ,’ उनले भने, ‘सबैतिर राम्रो समाचार आइरहेको छ । सर्वसम्मतको प्रयास गरिरहनुभएको छ ।’

कास्कीसहित गण्डकीका ७५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ । गण्डकीको सबैभन्दा धेरै स्याङजामा ९७ वडा छन् भने सबैभन्दा कम मुस्ताङमा २५ वटा वडा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖