सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

प्रकाश तिम्सिना/सुनसरी, ६ कात्तिक । नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन । वडा वडामासमेत अधिवेशन हुन सकेनन् ।

जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने पार्टीभित्रको अन्तरसंघर्षले चारवटा वडामा अधिवेशन हुन नसकेको हो ।

केन्द्रमा भएको १० बुँदे सहमतिअनुसार पार्टी चल्नुपर्ने अडान लिएका स्थानीय नेताले वडा अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्न पनि अलग अलग अधिवेशन सम्पन्न गरेका हुन् । धरान ८, ५, १० र ११ मा अध्यक्ष केपी ओली पक्ष र नेता भीम आचार्य पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर नयाँ नेतृत्व चुनेका छन् । अधिवेशनबाट पार्टी संङ्एिर एकै होला भन्ने आस गरेका कार्यकर्ता पार्टीमा पुरानै समस्या दोहोरिएपछि निराश बनेका छन् ।

किन भएन एकै स्थानमा अधिवेशन ?

केन्द्रमा १० बुँदे सहमतिअनुसार नै जिल्लामा पनि जेठ २ अघिको कमिटी आधिकारिक कि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको कमिटी आधिकारिक भन्ने विवाद हो ।

जेठ २ अघिको कमिटीले मान्यता पाउँदा नारायण सुवेदी धरान उपमहानगर अध्यक्ष रहेको कमिटीले आधिकारिकता पाउँछ । तत्कालीन केपी शर्मा ओली र माधव नेपाल पक्षको विवाद भएको थियो । सोही अनुरूप सुवेदी नेतृत्व पक्ष कमिटी आन्दोलनमा गएपछि धरानमा हर्कजंग एभेङको अध्यक्षतामा धरानमा कमिटी गठन भएको थियो । सोही कमिटीले वडा कमिटीहरू गठन गरेर गतिविधिहरू गरिरहेको छ ।

सुबेदी र एभेङ समूहले आफ्नो आफ्नो पकट बनाउन वडाका अध्यक्षमा आफूले चाहेको व्यक्ति अधिवेशनबाट छानिनुपर्ने भन्दै अडान राखेपछि विवादले उग्र रूप लिएको छ । हाल रहेका नगर अध्यक्ष एभेङले अधिवेशनमा पनि २ जेठको विषय उठाउनुले पार्टीमा समस्या परेको बताए । नयाँ नेतृत्व आएपछि पुराना कुरालाई बिर्सिएर अघि बढ्नुको सट्टा १०/१२ जना भेला गरेर कमिटी निर्माण गर्नुले पार्टीभित्र अखडा निम्त्याएको उनको भनाइ छ । तर यता २ जेठलाई आधार मानेर संघर्ष गरिरहेका सुबेदी भने पार्टीमा देखिएको अवरोध हटाउन केन्द्रदेखि नै लाग्नु पर्ने बताउँछन् । अन्य जिल्लामा २ जेठअनुसार नै जिल्ला, नगरका पदाधिकारी छन् । सुनसरीमा नयाँ समिति बनाएर पार्टीको निर्देशन नमान्नुले नगरमा पनि उस्तै समस्या निम्तिएको उनको भनाइ छ ।

जिल्लामा पनि उस्तै

यो विवाद धरानमामात्र होइन, जिल्ला कमिटीमा पनि कुन कमिटी आधिकारिक हो भन्ने लफडा छ । २ जेठअघिको कमिटीलाई मान्ने हो भने रमेश बस्नेत अध्यक्ष रहेको कमिटी हुन्छ । तर, संसद् विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा गएपछि जिल्लामा पार्टी नेतृत्व विहीन बन्यो । सोही समयमा रेवती रमण भण्डारी अध्यक्ष रहेको अर्को कमिटी गठन भएको थियो । पार्टीको कार्यमा यो कमिटी क्रियाशील छ ।

जिल्ला कमिटीले अलग अलग विज्ञप्ति जारी गर्दै आफू आधिकारिक भएको दाबी गरेका छन् । सोही कमिटी मातहतको वडा अधिवेशन मात्र आधिकारिक हुने पनि जिकिर गरेका छन् । एकातर्फ जिल्ला अध्यक्षे दुवैले आफ्नो अडान छाडेका छैनन् । अर्का तर्फ नेतृत्व तहको हानथापले आम कार्यकर्ता भने निराश र दुखी बनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।