ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन

ओखलढुंगा, ६ कात्तिक । नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द शत्र शुरु भएकाले रातिसम्म नेतृत्व चयन भइसक्ने एमाले जिल्ला सचिव शंकर कटवालले बताए ।

जिल्लाका कुल ८ स्थानीय तहका ७५ मध्ये ९ वडामा भने स्थगित भएको छ । तयारी नपुगेर स्थगन गरिएको सचिव कटवालको भनाइ छ । कतिपय वडामा कमिटी घोषणा गर्न विधानमा तोकिए बमोजिमका पार्टी सदस्य अधिवेशन स्थलमा उपस्थित नभएकाले स्थगित गरिएको हो । वडामा ३१ सदस्यीय कमिटी रहने एमाले विधानमा उल्लेख छ ।

चिशंखुगढीका ८ मध्ये ३ वडामा अधिवेशन स्थगित गरिएको छ । यीमध्ये २ वडाकाे पहिले नै र एक वडामा कोरम नपुगेर आज स्थगित भएको हो । त्यस्तै मानेभञ्ज्यांगका ४ वटा वडा, सुनकोसीका २ वडामा ८ कात्तिकमा अधिवेशन हुने बताइएको छ । स्थानीय तहको अधिवेशन देशभर ९ गते तोकिएको छ । त्यसअघि वडा अधिवेशन सक्नुपर्ने समयसीमा छ ।

कतिपय वडामा कमिटीमा राख्ने पदाधिकारी संख्या जति पनि पार्टी सदस्य नहुँदा एमालेलाई समस्या भएर स्थगित गरिएको एमालेकै नेताले बताएका छन् । पार्टी विभाजनले कतिपय वडामा कमिटीका पदाधिकारी चयनमा एमालेलाई सकस छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।