शिक्षिका मृ’त फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित

खोटाङ, ७ कात्तिक । शिक्षिका मृ’त फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झु’ण्डिएको अवस्थामा मृ’त फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित गरिएको हो ।

शिक्षिका मृ’त फेला परेपछि अधिकांश प्रतिनिधि सोही घटनाको अनुसन्धानमा व्यस्त भएपछि ८ कात्तिकमा गर्ने गरी वडा अधिवेसन सारिएको एमालेबाट निर्वाचित वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडामा भने ६ कात्तिकमै वडा अधिवेसन सम्पन्न भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये शनिबार ६८ वडाको अधिवेसन सर्वसम्मत ढंगले टुंगिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी अधिवेसनको बन्दसत्र आइतबार हुने एमालेले जनाएको छ ।

शनिबार उद्घाटन गरेर बन्दसत्र एक दिनपछि सारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेसन भने ८ कात्तिकमा सारिएको नेकपा एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।
वडा अधिवेसनको तयारी नपुगेको भनिए पनि त्यही वडामा सदस्यता विवाद रहेको बताइएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेसन पनि स्थगित भएको छ । साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेसनको बन्दसत्र आइतबार चल्ने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेसनबाट जिल्लाका २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित सदस्य चयन गर्ने छन् ।

९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।