एमाले वडा अधिवेशन : तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत

तेह्रथुम, ७ कात्तिक । तेह्रथुममा ४३ मध्ये १८ वटा वडामा एमाले तेह्रथुमको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न वडा अधिवेशनले जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा सात, छथर गाउँपालिकामा एक, लालिगुराँस नगरपालिकामा एक, फेदाप गाउँपालिकामा दुई ,मेन्छ्यायेम गाउँपालिकामा पाँच र आठराई गाउँपालिकामा दुई वटा वडामासर्वसम्मत नयाँ नेतृत्व चयन भएको जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले बताए । शनिबारदेखि सुरु भएको अधिवेशन आगामी २४ कात्तिकमा सम्पन्न हुने भएको छ । तेह्रथुमका पालिका अधिवेशन भने २७ कात्तिकबाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।