प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर, ७ कात्तिक । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ ।

मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो ।

तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशन अन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो ।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई सम्बोधन गरी बुझाएको पत्रमा १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको छ ।
यसअघि आइतबार नै कांग्रेसले पनि प्रदेशसभाको आइतबारको बैठक स्थगित गर्न माग गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।