देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

विराटनगर, ७ कात्तिक । प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने बताएका थिए । नेकपा एकीकृत समाजवादीलाई मनाउनका लागि देउवाले गरेको निर्णय अहिले उनकै लागि झन्झटिलो बनेको छ ।

कांग्रेसकै नेता शेखर कोइराला खेमाका नेताहरू भने यो निर्णयको विरोधमा थिए । विराटनगर आएका बेला पनि नेता शेखर कोइरालाले दुई वटा प्रदेशमध्ये एउटामा कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका थिए । प्रदेश १ को सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने आफ्नो अडान रहेको उनले सुनाएका थिए ।

प्रदेश १ मा कांग्रेसका २१ जना सांसद छन् । यीमध्ये ७–८ जना मात्रै देउवा पक्षका छन् । अन्य सांसद कोइराला पक्षका हुन् । देउवाको निर्णयपछि कोइराला खेमाका सांसदहरू आक्रोशित बनेका थिए ।

ती आक्रोशित सांसदहरूले आजको संसद् बैठकमा ‘फ्लोर क्रस’ गर्न सक्ने सम्भावना देखिएको थियो । तर, केन्द्रमा देउवा नेतृत्वको वर्चस्व भएकाले ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पदबाटै हटाउन सक्ने छाँट देखिएपछि कांग्रेस संसदीय दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको एक कांग्रेस सांसदले बताए ।

१० बजे सभामुख प्रदीपकुमार भण्डारीलाई कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आज बस्ने भनिएको बैठक सार्न भन्दै सहयोगीमार्फत पत्र पठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले पनि १५ गतेसम्मका लागि बैठक स्थगन गर्न माग राख्दै निवेदन सभामुखलाई दिएका थिए ।

आज मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनका लागि बैठक बोलाइएको थियो । देउवा प्रदेश १ को भ्रमणमा आएको मौका छोप्दै आजको संसद् बैठक रोक्न कोइराला खेमाका सांसदहरूले निवेदन दिएको कांग्रेसकै सांसदहरूको भनाइरहेको छ ।

प्रधानमन्त्री प्रदेश १ मा आएकाले सांसदहरू व्यस्त भएको भन्दै निवेदन दिए पनि कांग्रेस संसदीय दलको बैठकमा भने सबै सांसदको सहभागिता रहेको थियो । तर कांग्रेस कोइराला खेमाका सांसदले भने गठबन्धन निर्णय मान्ने भन्न भने छाडेका छैनन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस भित्रै केही आन्तरिक समस्या देखिएकोले बैठक स्थगन गर्न माग गरिएको बताएका छन् ।

यता सत्तापक्षका सांसदहरूले भने सरकारको विरोध गर्ने दलहरूले नै कुरा परिवर्तन गरेर बैठक स्थगन गर्न माग गरेको आरोप लगाएका छन् ।

‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा बस्नु भएको थियो,’ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘पाटीको अधिवेशन तथा स्थायी कमिटी बैठक १३ गते सम्म रहेको छ १४ गते आउने समय राखेर कात्तिक १५ गतेसम्मका लागि बैठक रोक्न निवेदन दिएका हौं ।’

प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार पेस गरेका थिए । आज छलफल र मतदान गर्ने तयारी थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।