खोटाङमा एमालेको ७८ वडा अधिवेशन टुंगियो, एकमा विवाद

खोटाङ, ८ कात्तिक । विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ–आफ्नो दाबी नछाडेपछि एमाले राजापानीको वडा अधिवेशन हुन नसकेको हो । ९ कात्तिकमा हुने पालिका अधिवेशनपछि वडा कमिटीलाई टुंगो लगाउने तयारी गरिएको एमालेले जनाएको छ ।

प्रदीप निवर्तमान वडा कमिटी अध्यक्ष हुन् । यद्यपि, विवादका बीच नगर अधिवेशनमा सहभागी हुने पाँच जना प्रतिनिधि भने चुनिएका छन् । जिल्लाका ७९ वडामध्ये ७८ वडाको अधिवेशन सम्पन्न भइसक्दा राजापानीको अधिवेशन बाँकी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

विभिन्न कारणले ६ र ७ कात्तिकमा हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र रावाबेँसी गाउँपालिका–६ हौंचुरको वडा अधिवेशन ८ कात्तिकमा सम्पन्न भएको छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेशन ८ कात्तिकमै टुंग्याइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गरिरहेका छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।