ताप्लेजुङका सात स्थानीय तहमा एमालेको नेतृत्व चयन

दिलकुमार लिम्बू/ ताप्लेजुङ, ११ कात्तिक । एमालेले ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा सहमति जुटेसँगै अधिवेशन सम्पन्न भएका सात तहमा नयाँ नेतृत्व चयन भएको हो ।

बुधबार मध्यराराति सहमति भएअनुसार एमाले फुङ्लिङ नगरपालिकामा भरत गुरुङको अध्यक्षतामा सर्वसम्मत नगर समिति चयन भएको छ । अध्यक्षको आकांक्षीमा जिल्ला समन्वय समिति प्रमुखसमेत रहनुभएका घनेन्द्र मादेन र हेमन्त उप्रेती थिए । सबै पदाधिकारीमा एकभन्दा बढी आकांक्षी रहकोमा सहमति भएअनुसार नगर समिति सचिवमा राजेश प्याकुरेल चयन भएका छन् ।

मैवाखोला गाउँपालिकामा निर्वाचनमार्फत लालकाजी वनेम अध्यक्षमा चयन भएका छन् । मैवाखाला गाउँपालिका कमिटीको सचिवमा रुपेन्द्र वनेम निर्वाचित भए । मिक्वाखोला गाउँपालिकाको अधिवेशनबाट दिवस लिबाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सचिवमा लक्ष्मी थलङ चयन भएकी छन् ।

अधिवेशन सुरु भएको पहिलो दिन नै चारवटा स्थानीय तहमा भने सर्वसम्मत नेतृत्व चयन भएका थिए । जसअनुसार सिरिजङ्घा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष र पूर्ण डाँगी सचिव, पाथीभरा याङ्वरक गाउँपालिकामा वीरेन्द्र मेन्याङ्बो अध्यक्ष र लोकनाथ खतिवडा सचिवमा चयन भएका छन् । त्यस्तै आठराई त्रिवेणी गाउँपालिकामा भने अध्यक्षमा सूर्यमान यक्सो, सचिवमा मदन सेन्दाङ र फक्ताङ्लुङ गाउँपालिकामा सरोज एभेङ अध्यक्ष र वीरेन्द्र दाहाल सचिवमा चयन भएका छन् ।

मेरिङ्देन र सिदिङ्वा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको छ । उक्त पालिकाहरूमा आवश्यक तयारी पूरा भई नसकेकाले अधिवेशन स्थगित भएको एमाले ताप्लेजुङले जनाएको छ । अधिवेशन स्थगित भएको मेरिङ्देन गाउँपालिकामा भने एमालेका पूर्व पदाधिकारी तथा सक्रिय कार्यकर्ता अधिकांस माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकाले पनि समयमै अधिवेशनको तयारी पूरा नभएको बताइएको छ ।

वडा नेतृत्वमा महिला शून्य

एमालेको ताप्लेजुङका वडाहूमा महिला नेतृत्व शुन्य भएको छ । वडा अधिवेशनमार्फत जिल्लाका ६१ वटै वडामा वडा समिति चयन भएको र नयाँ वडा समितिमा महिलाको नेतृत्व शून्य देखिएको हो । एक नगरपलिकासहित नौ स्थानीय तहका सबै ६१ वटै वडामा वडा अधिवेशन शनिबार सुरु भई सोमबार सम्पन्न भएका थिए । वडा अधिवेशनमार्फत सबै वडामा नयाँ वडा समिति चयन भएको तर, कुनै पनि वडामा महिला नेतृत्व नआएको एमाले जिल्ला कार्यालय सचिव राजेश प्याकुरेलले बताए।
उनका अनुसार पार्टीको विधानबमोजिम नेतृत्वसहित पाँचजना पदाधिकारी रहेको ३१ सदस्यीय वडा समिति अधिवेशनले चयन गरेको छ । समिति समावेशी हुनुपर्ने प्रावधानअनुसार नै वडा अधिवेशनमार्फत गठन भएको वडा समितिमा महिला, दलित समावेश भए पनि नेतृत्वमा भने महिला कोही पनि नआएको उनले जानकारी दिए ।

मंगलबार पालिका स्तरको अधिवेशनहरु सुरु भएको छ । ताप्लेजुङमा सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित नौवटै पालिकामा अधिवेशन सुरु भएको एमाले जिल्ला कार्यालय सचिव प्याकुरेलले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।