कांग्रेस महाधिवेशन : जिल्लादेखि प्रतिनिधिसम्मै समूहगत प्रतिस्पर्धा

ओखलढुंगा, १४ कात्तिक ।ओखलढुंगामा कांग्रेसको आसन्न १४औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । आगामी ६ मंसिर जिल्ला अधिवेशन हुने निश्चित भएसँगै अधिवेशनको सरगर्मी बढेको हो । जिल्ला सभापतिका लागि नेता बालकृष्ण दाहाल र वर्तमान उपसभापति तेजेन्द्र खनालले प्यानलसहति उम्मेदवारी घोषणा गरेका छन् । सभापति देउवा पक्षबाट तेजन खनाल (तेजेन्द्र) सभापति रहेको प्यानलको उपसभापतिमा नवराज केसी र भूपेन्द्र बस्नेत, सचिवमा अजय लुइटेल र राजकुमार ढुंगाना छन् । यस्तै सहसचिवमा प्रदीप बानियाँ र भोजकुमार श्रेष्ठ छन् ।

सभापति उम्मेदवार तेजेन्द्र खनाल हालका उपसभापित हुन् । उनी २०४६ सालको जनआन्दोलनपश्चात नेविसंघको जिल्ला सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका थिए । उनी नेविसंघ तहाचाल क्याम्पस अध्यक्ष, नेविसंघ सगरमाथा अञ्चल काठमाडौँ सम्पर्क समितिका सचिव, नेविसंघ जिल्ला अध्यक्ष, लगातार दुई कार्यकाल नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य तथा जिल्ला सचिवसमेत भइसकेका छन् ।

उपसभापति उम्मेदवार नवराज केसी नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य, जिल्ला कोषाध्यक्ष, जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि हुँदै हाल ओखलढुंगा कांग्रेसका जिल्ला सचिव हुन् । उनी चम्पादेवी गाउँपालिकाका अध्यक्षसमेत हुन् । उपसभापतिका अर्का उम्मेदवार भुपेन्द्र बस्नेत नेपाल तरुण दल ओखलढुंगाको केन्द्रीय पार्षद्, जिल्ला अध्यक्ष हुँदै २०६२ सालयता निरन्तर कांग्रेसको जिल्ला सदस्य छन् । उनी नेपाली कांग्रेस खिजीदेम्बा गाउँपालिका संयोजकसमेत हुन् । बस्नेत हाल खिजीदेम्बा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् ।

सचिव पदका उम्मेदवार राजकुमार ढुंगाना पशुपति बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै इकाइ उपसभापति, स्ववियु सचिव, उपसभापति, तरुण दल केन्द्रीय पार्षद, नेपाली कांग्रेस ओखलढुंगा १ नं क्षेत्रका क्षेत्रीय सचिव तथा हाल तेह्रौ महाधिवेशनबाट जिल्ला सदस्य हुन् । उनी नेपाली कांग्रेस ओखलढुंगाका प्रवक्ता समेत हुन् । उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् । ढुंगानालाई २०६२/०६३ सालको जनआन्दोलनमा लोकतन्त्रको पक्षमा वकालत गर्दा राजद्रोहको मुद्दा समेत लागेको थियो ।

सचिवका अर्का उम्मेदवार अजय लुइटेल २०५० सालबाट नेविसंघबाट राजनीतिमा उदाएका हुन् । उनी नेविसंघ ज्ञानप्रकाश इकाइ सभापति, २०५१ सालको नेविसंघ क्षेत्र नं २ को उपसभापति, ओखलढुंगा काठमाडौँ सम्पर्क समितिको उपसभापति हुँदै २०६६ सालयता लगातार रुपमा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य छन् । उनी चम्पादेवी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष समेत हुन् । सहसचिवका उम्मेदवार प्रदीप बानियाँ पशुपति क्याम्पसको इकाइ सहसचिव, २ कार्यकाल नेविसंघ जिल्ला अध्यक्ष भइसकेका छन् । हालका उनी नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य र मोलुङ गाउँपालिका १ को वडाध्यक्ष हुन् ।

यस्तै सहसचिवकै उम्मेदवार भोजकुमार श्रेष्ठले २०५३ सालबाट प्रबुद्ध माविको नेविसंघको इकाई सहसचिव हुँदै राजनीति थालेका हुन् । उनी बरुणेश्वर उमाविको इकाइ सदस्य, ओखलढुंगा काठमाडौँ सम्पर्क समितिको सदस्य हुँदै सचिव, नेपाली कांग्रेस सुनकोसी गाउँपालिका संयोजकसमेत भइसकेका छन् । आगामी अधिवेशनमा खनाल प्यानललाई जिल्लाका आठवटै स्थानीय तहका सभापतिहरूको समेत समर्थन छ । खनाल प्यानललाई पार्टी सभापति प्रदीपकुमार सुनुवार र कांग्रेस नेता तथा संविधानसभा सदस्य रामहरि खतिवडाको समर्थन यही प्यानललाई छ । जिल्ला अधिवेशन देउवा पक्ष र कोइराला-पौडेल पक्षबीच प्रतिस्पर्धा हुँदै छ ।

देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार टुंगो लागेको बताइएको छ । प्राप्त जानकारीअनुसार रामहरि खतिवडा, प्रदीपकुमार सुनुवार, रुद्र अधिकारी, खिलानाथ दाहाल, अशोक कार्की, प्रकाश दाहाल, राजन सुवेदी, वेदबहादुर रोका, दानबहादुर बानियाँ र भीम गौतम उम्मेदवार हुन् । यस्तै महाधिवेशन प्रतिनिधि खुला महिलाका उम्मेदवार बाला अधिकारी, सविता राई, हेमालक्ष्मी राई र तारा कार्की छन् । सोही पक्षबाट प्रदेश क सभापतिमा सन्तोषबाबु थापा र प्रदेश ख सभापतिमा आश्राचन राई उम्मेदवार छन् ।

बालकृष्ण दाहालको यस्तो छ प्यानल

कोइराला-पौडेल समुहको नेतृत्व पुराना र सादगी नेता बालकृष्ण दाहालले गर्ने भएका छन् । दाहालको समूहको उपसभापतिमा शान्ति खड्का र कमल तामाङ उमेदवार बन्ने भएका छन् । खड्का र तामाङ दुवै स्थापित नेता हुन् । खड्का जिल्लाको पश्चिमी क्षेत्र लिखु गाउँपालिकाबाट प्रतिनिधित्व गर्दछन् भने तामाङ जिल्लाको मध्यक्षेत्र सुनकोशी गाउँपालिकाबाट प्रतिनिधित्व गर्दछन् । खड्का र तामाङ दुवैले व्यापार व्यवसाय राजनीतिलाई एकै साथ अगाडि बढाएका छन् । तामाङ म्यानपावर व्यवसायी हुन् ।

त्यस्तै सचिवमा विनोद केसी र राजाबाबु किरातीलाई दाहालको समूहले अगाडि सारेको छ । केसी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य भइसकेका हुन् । उनी अहिले सिद्धिचरण नगरपालिकाको वडा अध्यक्ष छन् । त्यसैगरी, किराती नेपाल विद्यार्थी संघ तरुण दलको केन्द्रीय राजनीतिबाट जिल्लाको राजनीतिमा फर्केका हुन् ।

उनी ओखलढुंगाको कांग्रेस राजनीतिका पिताका रूपमा परिचित स्व. बलबहादुर राईका सहोदर नाति र पूर्व पार्टी सभापति प्रेमराज राईका छोरा हुन् । यस्तै दाहाल समूहबाट सहसचिवमा टेकबहादुर खड्का र उज्जन बुढाथोकीको उम्मेदवारी तय भएको छ । दुवै युवा नेता विद्यार्थी राजनीतिबाट आएका हुन् ।
त्यस्तै, प्रदेशसभा (क) को सभापतिमा होमबहादुर कार्की र प्रदेशसभा (ख) को सभापतिमा दाहाल प्यानलबाट कुलबहादुर श्रेष्ठ छन् । कार्की पुराना कांग्रेस नेता हुन् । उनी जिल्ला कार्यसमितिका सदस्य हुन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा उम्मेदवार पनि तय भइसकेका छन् । दाहालको समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेश कोमोर्चा, गोमा केसी, टेकराज भट्टराई, बद्रि दाहाल, कुमार लुइटेल, नन्दलाल गिरी, भुवन भट्टराई, भक्त कट्वाल, नविन राई, लिलाबल्लभ दाहाल, उत्तरकुमार कट्वाल, बद्रि कार्की, चन्द्रबहादुर कार्की, लेखबहादुर राई, भीम बराल, संगीता तामाङ, दिलकुमारी खतिवडा, होम विश्वकर्मा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।