एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर

खोटाङ, १८ कात्तिक /खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन् ।

एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ-काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ । बुधबार एमालेको खोटाङ-काठमाडौं सम्पर्क मञ्चले अन्नपूर्ण पाटी भेन्यू, पुरानो बानेश्वरमा देउसीभैली गरिरहँदा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क मञ्चले शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलमा देउसीभैली कार्यक्रमको आयोजना गरेको थियो ।

१२ कात्तिकमा एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठक बसेर जिल्ला कमिटीको जिम्मेवारी हेरफेरदेखि, पालिका इन्चार्ज, सह–इन्चार्ज, विभागलगायतको जिम्मेवारी टुंग्याउने निर्णय गर्‍यो । त्यहीँ दिन एमाले जिल्ला कमिटीको ७औं सचिवालय बैठक बस्यो र पार्टी सदस्यताको काम टुंग्याउनका लागि १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गर्नेदेखि बेमौसमी वर्षाका कारण जनधनको क्षति ब्यहोरेका नागरिकलाई राहत प्रदान गर्न सरकार समक्ष माग गर्ने लगायतका निर्णय गर्‍यो । कतिसम्म भने दुबै पार्टीको बैठकको निर्णय सार्वजनिक गर्ने मितिसमेत एकै दिन पारिए । १४ कात्तिक विहान एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्‍यो भने एमालेले दिक्तेलको होटल भिलेजमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो ।

एमाले र नेकपा (एस)को बैठक तथा कार्यक्रमको मिति एकै दिन पर्नुलाई संयोगमात्र मान्न नसकिने स्वयं तिनै पार्टीका नेता तथा कार्यकर्ता बताउँछन् । पार्टीभित्र देखिएको विभाजनका कारण ढुलमुल भएका नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीमा अलमलाउनका लागि दुई पार्टीले कार्यक्रम जुधाउने गरेको बताइन्छ । फरक विचार राख्ने पार्टी तथा नेताप्रति सहिष्णु बन्नु राजनीतिक ‘कल्चर’ हो, तर दुई पार्टीबीचमा कार्यक्रममार्फत एकले अर्कालाई ‘काउण्टर’ गर्ने गरेका छन् । जिल्लामा शक्ति प्रदर्शनमासमेत दुई पार्टीबीचमा होड चल्न थालेको देखिन्छ ।

१३ कात्तिकमा एकीकृत समाजवादी र एमालेको पत्रकार सम्मेलन हुने जानकारी केही पत्रकारलाई गराइए तर एकको पत्रकार सम्मेलन अर्को दिन सर्ने भएपछि दुबै पार्टीको पत्रकार सम्मेलन १४ कात्तिकमा पारिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।