सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

जाजकोट , १९ कात्तिक/नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु गठन गरेको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो ।

देश संघीय संरचनामा गएपछि नेकपा (एमाले), जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ ।

नेकपा (एमाले), जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अबिधेशनहरुले भेरी नगर कमिटि अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेश बहादुर थापालाई सर्वसहमत चयन गरेका छन् ।
त्यसैगरी जुनीचाँदे गाउँ कमिटी अध्यक्षमा कृष्णबहादुर शाह, बारेकोट गाउँ कमिटि अध्यक्ष भक्त बहादुर बस्नेत, शिवालय गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटि अध्यक्ष जयबहादुर विकलाई सर्वसहमत चयन गरिएको छ ।

जिल्लाका सात वटा स्थानीय तह र ७७ वटा वडामा अधिवेशन सम्पन्न गर्नुको साथै पालिका र वडा स्तरमा नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।