प्रदेशको नामाकरण मेरै कार्यकालमा पूरा गर्छु : मुख्यमन्त्री राई

संखुवासभा, २३ कात्तिक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशकाे नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् ।

अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईकाे भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने उनले बताए । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनकाे भानइ छ । प्रदेशकाे नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेकाे उनले बताए । पूर्व मुख्यमन्त्री शेरधन राईको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको पनि उनले आरोप लगाए । देशको नामाकरण प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अरुण नदीमा पक्की पुल बन्छ

भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने उनले बताएका छन् । भोजपुरकाे षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा मुख्यमन्त्री राईले दु:ख व्यक्त गरे । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लाबासीलाई आग्रह गरे । अरुण नदीमा पक्की पुल नहुदाँ भोजपुरबासीले निकै सास्ती पाएको उनले बताए ।

अरुण नदीमा पुक्की पुल बनाएर मुख्यमन्त्री भएर वाचा पूरा गर्न मुख्यमन्त्री राईले बताए । संघीय सरकार १० बर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दु:खद् भएको बताए । आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पुक्की पुल निर्माण गरेरै छाेड्ने उनले बताए । अघिल्लो सरकारले थालेका राम्रा कामलाई पनि पूरा गर्ने मुख्यमन्त्री राईले प्रतिबद्दता जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖