यसरी गरियो प्रदेश १ प्रमुख अधिकारीलाई बिदाई

विराटनगर, २४ कात्तिक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई औपचारिक कार्यक्रम आयाेजना गरी बिदा गरेका हुन् । मुख्यमन्त्री राईलाई प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले मुख्यमन्त्री राईलाई राजनीति समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न समेत सुझाब दिए । युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न मुख्यमन्त्रीलाई उनले आग्रह गरे ।

मुख्यमन्त्री राईले आफ्नो अविभावक भएको भन्दै राजनीतिक परिवर्तनमा धेरै संस्थाहरू विवादित भए पनि प्रदेश प्रमुख प्यासी भने विवादित नबनेको बताए । २२ कात्गतिकको मन्त्रीपरिषद्को बैठकले प्यासीलाई हटाएर पर्शुराम खापुङलाई नियुक्त गरेपछि उनी बिदा भएका हुन् ।

तामाङ पत्रकार सङ्घको अध्यक्षमा अञ्जली
बनेपा, २४ कात्तिक (रासस) ः तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाको धुलिखेलमा सम्पन्न चौँथो अधिवेशनबाट अञ्जली तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा तामाङको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित भएको हो । जसको उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्णबहादुर घिसिङ, सहसचिवमा लोकबहादुर तामाङ र कोषाध्यक्षमा सुनिता लुङबा रहनुभएको छ । सदस्यमा क्रमशः कृतिका घलान, अशोकबुद्ध लामा, जीवन तामाङ, सिर्जना तामाङ, विजय जिम्बा र लालध्वज तामाङ रहनुभएको छ ।

अधिवेशनबाट वाग्मती प्रदेश अधिवेशन प्रतिनिधिमा जगतमान बल, हीरामान बल, कृष्णबहादुर घिसिङ, सुनिता लुङबा, शर्मिला थिङ, मोतिलाल मोक्तान र चित्र तामाङ रहेका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लागि अञ्जली तामाङ, लोकबहादुर लामा, कृतिका घलान, इकमान लामा, हीरामान लामा, डिलबहादुर थोकर, रोजन तामाङ र महेन्द्र थिङलाई छनोट गरिएको छ ।

सङ्घका महासचिव बुद्ध योञ्जन लामाको प्रमुख आतिथ्यतमा सम्पन्न जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिलबहादुर थोकर, प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामा, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य ध्रुव रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, फोटो पत्रकार सङ्घ वाग्मती प्रदेशका अध्यक्ष केशवराज पौडेल र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का जिल्ला अध्यक्ष चमार सिं लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।