इटहरीका मेयर रुष्ट : सुनसरी एमाले तीन नेताको निजी कम्पनी बनेकाे आराेप

सुनसरी, २५ कात्तिक ।सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तैयुब हुसेन र जगदिश कुसियतले पार्टीलाई निजी कम्पनीजस्तो सेयर होल्डर बाँडेर चलाएको आरोप लगाएका हुन् ।

उनले पार्टी तैयब हुसेन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन् । पार्टीमा विधि पद्धतिको कुरा गर्ने तर व्यवहारमा टिके प्रथालाई मान्यता दिने कार्यले आम कार्यकर्ता निराश भएको बताए ।

पार्टीको केन्द्रीय सदस्यलाई अध्यक्षता गर्न लगाएर बैठक भाँड्न खोजेको आरोप लगाए । उनले बैठकमा जेठ २ लाई आधार मानेर रमेश बस्नेत वा संस्थापन पक्षले जिल्ला अध्यक्ष तोकेको रेवती रमण भण्डारीलाई अध्यक्षता गराउनु पर्ने यदि यसमा पनि सहमति नभए दुवैलाई अध्यक्षता मान्नु पर्ने माग राखेका थिए । जिल्ला अध्यक्ष दाबी गर्ने दुई नेताहरूभन्दा बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक समिति घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै एमाले सुनसरी लगाम बिनाको गोडा भएको समेत बताए ।

उनले भने ‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त वहाँ हुनुपर्‍यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्‍यो ।’ त्यसो नहुँदा आफ्नो अध्यक्षतामा भए पनि कार्यक्रम गर्न सकिने विकल्प राख्दै उनले केन्द्रीय सदस्यलाई अध्यक्षता गराउनु गलत भएको बताए ।

विवादबीच जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा

पार्टीमा देखिएको समस्या समाधान नगरी पार्टीले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । जिल्ला सदरमुकाम इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत रहेका छन् । यस्तै सचिवमा पर्शुराम यादव र सत्रुघन यादव रहेका छन् । उपसचिवमा लिलम बस्नेत र लोकेश निरौला रहेका छन् ।

रेवती रमण भण्डारी र रमेश बस्नेतलाई संयोजक नबनाई तेस्रो व्यक्तिलाई संयोजक बनाएर अधिवेशन आयोजना गर्ने सहमति अनुसार पोख्रेललाई संयोजकको जिम्मेवारी दिइएको हो । भण्डारी पक्षको जिल्ला कमिटीका ४६१ जना सदस्यहरू आयोजक कमिटी सदस्यमा परिणत भएको छ भने बस्नेत पक्षका जिल्ला कमिटीको नामावली संलकन भइरहेको जिल्ला कमिटी सदस्य रवि खनालले जानकारी दिए ।

धरानका जेठ २ पक्षले गरे बैठक बहिष्कार

संयुक्त बैठकलाई जेठ २ पक्ष रहेका धरानका जिल्ला सदस्यहरूले भने बहिष्कार गरेका छन् । आज बिहान होटल ड्रिमल्याण्डमा बसेको बैठकले १० बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णय विपरीत कमिटी गठन हुने गरी बसाएको बैठक वैध नहुने भन्दै बहिष्कार गर्ने निर्णय गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।