एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : काेही पार्टी सदस्य नै नभएका, काेही ‘फरार’ सूचीका

ओखलढुंगा, २५ कात्तिक । नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबाेल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष माेहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताकाे उम्मेदवारी परेकाे छ ।

महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन् । निर्वाचन समितिले बिहीबार दिउँसाे सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएकाे छ । सहमतिका लागि प्रयास भइरहेकाे एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए ।

उम्मेदवार पार्टी सदस्य नभएकादेखि ‘फरार’ सम्म

एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् । उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीकाे पार्टी सदस्यता नभएकाे, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखकाे विधान अनुसारकाे याेग्यता नपुगेकाे भनेर निर्वाचन समितिले कैफियत लेखेकाे छ ।

त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथाेकी प्रहरीकाे फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनकाे वारेसबाट उम्मेदवारी दर्ता गरिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।