खोटाङ कांग्रेसमा बढ्याे अधिवेशनको सरगर्मी

खोटाङ, २५ कात्तिक । अधिवेशनको मिति नजिकिएसँगै खोटाङमा कांग्रेसको जिल्ला अधिवेसनको सारगर्मी बढेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेसनमार्फत पार्टीको नेतृत्वमा पुग्नका लागि फरकफरक समूह बनाएर उम्मेद्वार तयार गर्ने होड चलेको छ । कतिपय नेताको मतदाता फकाउने र आफ्नो समूहमा ल्याउनका लागि दौडधुप चलिरहेको छ ।

२३ र २४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसको एक पक्षको बैठकले पूर्व जिल्ला सभापति विष्णुकुमार राईलाई जिल्ला सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई अघि सारेको बैठकमा सहभागी कांग्रेस नेताले बताएका छन् । यसअघि सभापतिमा दावी गर्दै आएका भट्टराई उपसभापतिका उम्मेद्वार बनाइएका हुन् ।

सचिवमा भने तीन जनाको दावी देखिएको छ । वर्तमान सचिव ज्ञानेन्द्र जोशी, समिर राई र सुमनबाबु आचार्य सचिवको आकांक्षी देखिएका छन् । यस्तै, सहसचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने छलफल गरिएको जनाइएको छ । तर, उम्मेद्‌वारीको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।

जिल्ला सभापति र उपसभापति निश्चितजस्तै भए पनि सचिव र सहसचिवको उम्मेद्वारका विषयमा भने छलफल भइरहेको जनाइएको छ । यही उम्मेद्‌वारीका विषय केही समयअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । पूर्वसभापति राईको उम्मेद्‌वारीलाई वर्तमान सभापति नरेश श्रेष्ठ, महासमिति सदस्य सुवासकुमार पोखरेल, दिनेश राई, बीरकाजी राई, हिरा गुरुङलगायतको समर्थन छ । धेरैजसो भ्रातृ तथा शुभेच्छुक संगठनसमेत आफ्नो पक्षमा रहेको दावी गरिएको छ ।

क्षेत्र नम्बर १ को सभापतिका लागि राजेन्द्र राई र भक्तजङ राईबीचमा प्रतिस्पर्धा हुने कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर २ को सभापतिमा दिनेश घिमिरे र चण्डीकुमार राईबिचमा प्रतिस्पर्धा हुने बताइएको छ । राजेन्द्र र दिनेश सभापतिका उम्मेद्‌वारी विष्णुकुमारकै टिमबाट क्षेत्रीय सभापतिमा लड्न लागेका हुन् । यद्यपि, अधिवेसनको दिनसम्ममा कतिपय उम्मेद्‌वार तलमाथि हुनसक्ने अनुमान छ ।

कांग्रेसको जिल्ला सभापतिमा पूर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेसन प्रतिनिधि भूपेन्द्र राई पनि आकांक्षी छन् । क्षेत्र नम्बर १ र २ को अधिवेशनको नतिजाअनुसार समिकरण फेरबदल हुनसक्ने आ‌ंकलन गरिएको छ । एक ठाउँमा उभिएर सिंगो कांग्रेसको साझा उम्मेद्वार तय गर्ने विषयमा भने नेताहरु एक ठाउँमा आउन हिच्किचाइरहेका देखिन्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।