द्वारिकलालले माधव नेपाललाई दिए आफ्नै घरमा लन्च पार्टी

प्रकाश तिम्सिना,सुनसरी, २६ कात्तिक । नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् ।एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत नेकपा (एस)का नेतालाई घरमा भोज खुवाएका हुन् ।

चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् । उनले स्वागत गर्दै इटहरी उपमहानगरभित्र बाढीको समस्या, छ लेन सडकमा भएको अवरोध तथा अन्य विषयमा लिखित ध्यानाकर्षण पत्रसमेत नेपाललाई र मुख्यमन्त्री राईलाई दिएका थिए ।

दुई दिनअघि मात्र उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेका थिए । उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए । बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए । समाजवादीको इटहरी नगर कमिटीको फेसबुकवालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।