यसकारण सर्‍याे एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल

चितवन, २६ कात्तिक ।नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बाघमारा चौरमा जंगली जनावरले आ क्रमण गर्न सक्ने ख तरा रहेकोले सुरक्षाको लागि स्थान परिर्वतन गरिएको उनले बताए । सोही होटलमा बन्दसत्रको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने मुल व्यवस्थापन समितिले जनाएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिबेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिबेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा हुने छ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुने छ । बन्द सत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने एमालेले जनाएको छ ।

यसैबीच, मुल व्यवस्थापन समितिले शुक्रबार सौराहाका व्यवसायीहरुसँग छलफल गरेको छ । व्यवसायीहरुसँग आवास र खाद्य व्यवस्थापनको विषयमा छलफल गरिएको हो । सौराहामा रहेका १५० वटा होटलहरुमा एक हजार ४५० वटा रुम बुकिङ गर्ने तयारी गरिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहासँग सम्झौता गर्ने सहमति भएपनि अहिले सम्म सम्झौता भइसकेको छैन् । मुल व्यवस्थापन समितिको सह–संयोजक तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको बैठकमा आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेल, खाद्य व्यवस्थापन समितिका संयोजक कपिल पोखरेल, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन लगायतको सहभागिता थियो ।

छलफलमा व्यवसायीको तर्फबाट क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी र जीप तथा डुंगा सफारी प्रालिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।