कांग्रेस अधिवेशन : तेह्रथुम सभापतिमा तुम्बाहाम्फे र ढुंगाना भिड्ने
प्रकाश पाक्साँवा/तेह्रथुम, २ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्ला अधिवेशन र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेका नेताहरू भोट माग्न थालेका छन् । उम्मेदवारहरूले जिल्लाको पालिकाहरूमा भेटघाट र भोट माग्ने कामलाई तीव्रता दिँदै आएका छन् ।
शुक्रबार हुने निर्वाचन क्षेत्र प्रदेशसभा र ६ मंसिरमा हुने जिल्ला अधिवेशनको लागि उम्मेदवारहरू आआफ्नो तयारीले जुटिरहेका छन् । उम्मेदवारले आफ्नो नेतृत्वलाई विजयी गराउन फोन, म्यासेज र सामाजिक सञ्जाल मार्फत आग्रह गर्दै आएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा आउने सोमबार हुने जिल्ला अधिवेशनका लागि सभापतिका लागि अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै ३ मंसिर शुक्रबार हुने निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बाँनियाँले आफ्नो उम्मेदवारी सार्वजानिक गरेका छन् ।
प्रदेशसभा (ख) मा भुवानसिं चोङबाङ र चन्द्र मादेम्बाले सार्वजानिक गरेका छन् । जिल्लामा रहेका ४३ वटै वडाहरू र पालिकाहरूमा सर्वसहमत नेतृत्व चयन गरेको कांंग्रेस तेह्रथुमले निर्वाचन क्षेत्र प्रदेशसभा र जिल्ला कार्यसमितीको नेतृत्व चयनका लागि सर्वसहमत गर्ने प्रयासमा जुटिरहेको जिल्ला सचिव सन्तोष सुब्बाले बताए । अधिवेशनमा प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६ लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी ४२४ जना क्षेत्रीय प्रतिनिधि छन् ।
त्यस्तै प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८ फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छन् । प्रदेशसभा र जिल्ला अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहने भएको छ ।
मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन
काठमाडौँ, २ मङ्सिर (रासस) ःकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।
कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।
प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ । चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।
एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।


