घाम्राङका चार किसान सामूहिक माछापालनमा

लमजुङ, १३ मंसिर/लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङवेसीका चार वृद्धले सामूहिक माछापालन थालेका छन् । घाम्राङ नजिकैको मिदिमखोलाको माछा लोप हुन लागेसँगै चार जना वृद्ध मिलेर सामूहिक माछापालन सुरु गरेका हुन् ।घाम्राङवेसीका ६६ वर्षे बजिरी गुरुङ, ६० वर्षे डम्वरजंग गुरुङ, ५७ वर्षीय रामबहादुर गुरुङ र ५५ वर्षीय पसबहादुर गुरुङले गत वर्षबाट सामूहिक रूपमा माछा पालन व्यावसाय सुरु गरेका हुन् ।

स्थानीय सरकारले अनुदान सहयोग गरेसँगै माछापालन व्यवसाय सञ्चालन गर्न जाँगर चलेको ५५ वर्षीय पसबहादुर गुरुङले बताए । चार जनाले ०७० मा माछापालन थालेका थिए । माछापालनबारे ज्ञान नहुँदा धेरै माछा खेर गएकाे उनीहरू बताउँछन् । क्होलासोथर-८ ले ६ लाख माछापालन व्यवसायका लागि अनुदान दिएसँगै व्यवसायमा थप हौसला मिलेको गुरुङले बताए ।

माछापालनमा लागेका ६६ वर्षीय बजिरी गुरुङले मिदिमखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण भइसकेको र थप एक आयोजनाको निर्माण भइरहेको जानकारी दिए । गाउँका खोला नदीमा वनेका जलविद्युत् आयोजनाका कारण खोलाका माछा लोप हुने अवस्थामा पुगेपछि माछाको संरक्षणसँगै गाउँमै केही गरौ भन्ने सोचले साथीभाइ मिलेर माछापालन सुरु गरेको गुरुङ बताउँछन् । घाम्राङबेसीमा एक महिना लगाएर माछा पाल्ने पोखरी खनिएको हो । पोखरीमा पोखरा वेगनासबाट दुई हजार मूल्य बराबरको चार हजार ग्रास जातको माछा र मिदिम खोलाको १५ सय असला माछा राखिएको समूहका रामबहादुर गुरुङले बताए ।

पहिलो पटक उनीहरूले गाविसको १० हजार अनुदान सहयोगमा ०७० असारमा सामूहिक रूपमा माछापालन सुरु गरेका थिए । सो समयमा व्यवसायबाट उचित प्रतिफल नभएपछि छाडेको व्यवसाय पुन: गत वर्षबाट सुरु गरेका हुन् । मिदिमखोला नजिकै एक हल जग्गामा व्यवस्थित पोखरी बनाएर व्यवसाय सुरु गरिएको माछा पालक समूहका कृषक डम्वरजंग गुरुङले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।