हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

भक्तपुर, १८ मंसिर/भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो ।

पालिकाले बिहीबार खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मौलिक शैली एवं परम्परागत शैलीकाे खोह्र दीप ध्वाखा र छिपा ताँ उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे बताए । उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको प्रशंसा गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने र स्थानीयकाे अपनत्व रहने बताए । खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणमा ४९ लाख ९५ हजार नाै सय ७४ रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।