स्याउबाट आम्दानी गर्न सिक्दै किसान

जुम्ला, १९ मंसिर/जुम्ला प्राकृतिक स्रोतसाधनले भरिपूर्ण जिल्ला हो । तर, अवसर तथा लगानी अभावमा जुम्लासहित कर्णाली जिल्लाहरू ओझेलमा परिरहेका छन् । पछिल्लो समय सडक सञ्जालमा जुम्ला जोडिएसँगै यहाँ उत्पादन भएका स्याउ देशभर पुग्न थालेकाे छ । जसले जुम्लावासीकाे दैनिकीमा धेरथाेर सहयाेग गर्न थालेकाे छ । जुम्लाको अर्गानिक स्याउ एक भए पनि यसका फाइदा र परिकार अनेक छन् । यहाँका किसनाले सिजनमा त स्याउ नै बेचेर आम्दानी गरिरहेका छन् अब अफ सिजनमा पनि स्याउका चाना, जाम, जेली, जुस बनाएर आम्दानी गर्न तलिम दिइएकाे छ ।

जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा वाह्य पर्यटकले स्याउभन्दा पनि स्याउका परिकार बढी रुचाउन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले स्याउ किसानलाई तीन दिने स्याउ प्रसोधन तालिम दिएको छ।

स्याउ सिजन अफ भइसकेपछि परिकारको व्यापार फस्टाउने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले तीन दिने तालिम दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका कार्यालय प्रमुख तथा खाद्यअनुसन्धान अधिकृत डाक्टर ईश्वर सुवेदीले बताए । ‘समयअनुसार जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभइ त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सक्ने छन्,’ उनले भने, ‘स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसानलाई व्यस्त बनाउन आवश्यक छ ।’

यहाँ अत्यधिक मात्रामा स्याउ उत्पादन हुने र यसकाे सही व्यवस्थापन गर्न पाइने भएकाले तालिमपछि किसानहरू पनि उत्साहित भएका छन् । सरकारी तथा गैरसरकारी निकायबाट किसानले स्याउका परिकार बनाउने सीप सिकेपछि किसानहरू स्याउका चाना तथा विभिन्न प्रकारका परिकार बनाउन जुटिसकेका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले दिइएका तालिम नतिजामुखी हुनु पर्ने बताइन । उनले किसानलाई तालिम भत्तामुखी नभएर व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले भनिन, ‘सबै जनाले आफुले सिकेका सिप सबैलाई सिकाउन आवश्यक छ । अबको किसान आत्मानिर्भर हुन पर्छ। किसान आत्मानिर्भर नभएको खण्डमा जुम्ला आत्मनिर्भर हुन सक्दैन।’

तालिममा सहभागी स्याउ किसानले पनि तालिमपछि स्याउका परिकार बनाएर बिक्री गर्ने प्रतिबद्धता जनाएका छन् । किसानलाई स्याउकाे दाना बेचेर मात्रै नभइ स्याउका परिकारबाट अम्दानी गर्न सक्ने बनाउन यस्ता खालका तालिम दिएको प्राविधिक साहयक भरतबहादुर रोकायाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।