मनै लोभ्याउने यो तोरीबारी

कुलप्रसाद काफ्ले/चितवन, २० मंसिर । चितवनका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेका छन् । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ ।तोरीका फाँटबाट टलक्क टल्किएको हिमाल र पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी, हिमाल र पहाडलाई देखाएर फोटो खिच्न पनि मानिस सौखिन हुन्छन् ।

चितवनमा करिब ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये २८ प्रतिशत जमिनमा यो वर्ष तोरी खेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिन बहादुर पुनले जानकारी दिए ।

तोरी तेलहन बालीअन्तर्गत पर्छ । ‘तेलहन बालीमा ९० प्रतिशतजति तोरी नै लगाउने गरिन्छ । यसपालि राम्रै क्षेत्रमा तोरी लगाएको पाइन्छ । तेल उत्पादनमा चितवन देशकै मुख्य जिल्लामा पर्छ’, उनले भने ।जिल्लामा तोरीलगायत तेलहन बाली करिब १३ हजार हेक्टरमा लगाइएको उनी बताउँछन् । चितवनमा प्रति हेक्टर एक टन तोरी उत्पादन हुने गरेको छ ।

पाठ्यपुस्तक छपाईमा जनक शिक्षाको एकलौटीप्रति निजी व्यवसायीको आपत्ती
सरकारले सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारीका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई मात्र जिम्मेवारी दिएको र केन्द्रसँग उक्त क्षमता नभएको भन्दै निजी मुद्रण व्यवसायीहरुले आपत्ति जनाएका छन् । जनक शिक्षाले नीजि क्षेत्रलाई आफ्नै कार्यालय हातामा मेसिन स्थापना गरी पाठ्यपुस्तक छपाईको काम गर्न बोलपत्र प्रकाशित गरेपछि निजी व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले विरोध गरेको हो ।

‘सामूदायिक बिद्यालयहरुमा पठन पाठन हुने पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षाले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि नीजि मुद्रण संस्थालाई पाठ्यपुस्तक छपाई तथा तयारीको जिम्मेवारी दिन ठेक्काको आह्वान गरेको छ’ महासंघका विज्ञप्तीमा भनिएको छ, ‘कागज लगायतका मुद्रण लगायतका सम्वद्ध सामाग्रीहरु आफैले खरिद गरी प्रतिस्पर्धाको नाममा आफ्नै कार्यालय हाताभित्र नीजि क्षेत्रका केही मेसिनहरु राखि पाठ्यपुस्तक छपाई तथा तयारीको जिम्मेवारी दिनु पछाडि अनुचित मनासाय देखिन्छ ।’

महासंघका महासचिव युवराज श्रेष्ठद्धारा जारी विज्ञप्तीमा केही ब्यक्तिहरुको शंकुचित मानशिकता, लहड र अनुचित लाभको मनाशयले जवरजस्ती जनक शिक्षालाई आफ्नो क्षमता र हैसियत भन्दा बढिको जिम्मेवारी दिएको उल्लेख छ । यसबाट एकातर्फ बिद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने र अर्को तर्फ अरबौंको लगानीमा संचालित नीजि मुद्रण उद्योगहरु काम बिहिन बनिरहेको महासंघले जनाएको छ । महासंघले निजी स्तरबाट संचालित मुद्रण उद्योगहरुलाई सम्पूर्ण सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारी र बितरण गर्नका लागि जिम्मेवारी दिन सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

सरकारले भने ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (जिटुजी) मोडलमा बिना प्रतिस्पर्धा जनक शिक्षालाई सामूायिक विद्यालयको पुस्तक छपाईको जिम्मेवारी दिदै आएको छ । तर केन्द्रले समयमै पुस्तक छाप्न नसक्दा शैक्षिक शत्र सुरु हुदा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।