सात महिनाअघि नै हाउस वाइरिङ तर विद्युत आउने अत्तोपत्तो छैन्

सीपी लोहिया/बैतडी, २० मंसिर ।सिगास गाउँपालिका-१ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्याे । तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएकाे हाे । त्यसबेला छिट्टै बिजुली बत्ती बाल्न पाइन्छ भनेर स्थानीयवासी निकै खुसी बनेका थिए । तर, उनीहरूकाे त्याे खुसीले अझैसम्म पनि पुरा भएकाे छैन् । चाडै बिजुली बत्तीमा बल्ने आश्वासनपछि हाउस वाइरिङ समेत गरेका स्थानीय अहिले भने निराश छन् । किनकी अझै कहिले बत्ती बल्छ भन्ने अत्तोपत्तो छैन।

स्थानीय रामबहादुर महराका अनुसार याे वडा जयपृथ्वी राजमार्गसँगै जोडिएको छ । याे वडासँगै सीमा जाेडिएकाे सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा भने बिजुली छ । तर, यही वडामा विद्युत छैन् । तार र पोलहरू केही ठाउँमा जडान गरिएका छन् भने धेरैजसो तार र पोल अलपत्र छन् ।

सिगास-१ मा बिजुली नआउँदा धेरै नै समस्यामा भएकाे स्थानीय राजबहादुर चन्दले बताए । उनले भने, ‘बिजुली आउँदैछ भनेर हामीले घरमा भएका सोलार समेत हटायौँ । केही मर्मत गर्नुपर्ने सोलार मर्मत नगरी छाड्दा त्यसै बिग्रिए । र अहिले मट्टीतेलबाट टुकी र सल्लाको दियो बालेर रात कटाउन थालेका छौँ ।’

स्थानिय महाविर बिकले बिजुली अभावमा मोबाइल चार्ज गर्न समेत गाडी चढेर अन्यत्रै जानुपर्ने बताए । घर नजिक गाडेका पोलहरू र जडान गरिएको तार अहिले लथालिंग भएको छ भने, टान्सफर्मर ल्याएर प्रयोगविहिन भएको बताए ।

गाउँमा विद्युत आइहाल्छ भनेर केही स्थानियवासीले वाइरिङ गर्नुका साथै मिटरबक्स समेत किनेर ल्याइसकेका छन् । स्थानीय वीरबहादुर चन्दले भने, ‘घर र पसलका लागि दुई वटा मिटरबक्स खरिद गरेर ल्याएको छु । मिटर बक्स किनेकै दिन देखिको न्युनतम् महसुल समेत तिर्नुपर्ने हुन्छ । तर, बिजुली अझै बलेको छैन् । कहिले बल्छ त्यो पनि केही थाहा छैन । हाम्रो यहाँ हरेक काममा ढिलाइ हुने गरेको छ । विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि राम्रो गर्लान भन्ने लागेकाे थियाे तर केही फरक भएन ।’

यता, सिगास गाउँपालिका-१ मा आगामी दुई महिनाभित्रै विद्युत बल्ने सम्भावना रहेको वडा अध्यक्ष गगनसिंह धामीले बताए । उनले भने, ‘आवश्यक सामान ल्याइसकेका छौँ । तर, बिजुली बल्न बाँकी नै छ । अब विद्युत प्राधिकरणले जिम्मा लिइसकेपछि जनप्रतिनिधिको भूमिका खासै रहदैन् । प्राधिकरणबाटै ढिलाइ भएको हो । अब सम्बन्धित निकायलाई घचघच्याएर विद्युत विस्तारमा ध्यान दिन्छु ।’

६ महिनाभित्र सिगास गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म विद्युत सेवा सुचारु गरिसक्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।