सिन्धुलीको जुनार, सडकमै व्यापार

सिन्धुली, २१ मंसिर /सिन्धुलीका मुख्य सडकमा अहिले जुनारको व्यापार भइरहेको देखिन्छ । विशेषगरी सिन्धुली भएर काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीसाधन चल्ने सडकमा जुनारको व्यापार भइरहेको छ ।

सिन्धुलीको फुर्कोटसहितका स्थानका सडकमै जुनार बिक्री गर्न राखिएका छन् । प्रतिकेजी जुनार र सुन्तला १०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारीसाधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।

खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाैं र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ। कृषकहरुले जुनार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।