भैंसी पालेरै महिनामा चार लाख आम्दानी

सम्झना कार्की/सिन्धुपाल्चोक, २२ मंसिर । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेकाे छ । याे व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूकाे आइडल पनि बनेका छन् ।

कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेकाे भैंसी पालनबाट आकर्षित भएर साँगाचाेकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । उनीहरूले करिब ५५ लाखमा सुरू गरेको भैंसीपालनबाट अहिले माहिना मै साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् ।

सिन्धु–कुभिण्डे कृषि फर्म खडा गरेर उनीहरूले ११ वटा भैंसीबाट व्यवसाय सुरु गरेको बताए । अहिले २१ वटा भैंसी र १७ वटा पाडापाडी रहेकाे फर्म सञ्चालक कुमार सापकोटाले बताए । उनले भने, ‘अहिले व्यवसायिक रूपमा भैंसीपालन सुरू गरेपछि उत्पादित दूधको माग बढिरहेको छ तर भैंसीलाई दिने घाँस, दानाको महङ्गी बढेअनुसार दूधको भाउ नहुँदा दुःख लाग्छ, मल धेरै हुने भएकाले भैंसी पालनसँगै थोरै मात्रामा तरकारी पनि लगाएका छौँं ।’ दूध प्रतिलिटर सय रुपैयाँमा बिक्री गर्ने गरेकाे उनले बताए ।

पार्टनरसीपकै साथीहरूको जग्गामा भैंसी फर्म छ भने फर्मको नाममा भएको करिब ३६ रोपनी जग्गामा भैंसीका लागि आवश्यक पर्ने घाँस लगाएको छ । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसमअनुसारको तरकारी खेती गरेकाे उनकाे भनाइ छ । सो मलमुत्र घाँस र तरकारीमा हाल्ने गरेका छन् ।

उत्पादित दूध जिल्ला सदरमुकाम चौतारा बजारमा लगेर बिक्री गर्ने गरेकाे उनीहरूकाे भनाइ छ । करिब एक लाख ५० हजार हाराहारीमा खरिद गरेको भैंसीले दैनिक १४ लिटरसम्म दूध दिने गरेको छ ।

६ जनालाई राेजगारी

फर्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । उनीहरूले भैंसीलाई आवश्यक हेरचाह गर्नुका साथै दूध दुहुनेलगायतका काम गर्दै आएका छन् । दैनिक १२० देखि १२५ लिटर दूध उत्पादन गरिरहेका उनीहरूले हरेक दिन बिहानै चौतारा बजार पुर्याएर बेच्ने गरेका छन् ।

अर्का सन्चालक मधवराजले यस व्यवसायबाट आत्मसन्तुष्टि मिलेको बताए । परिवारसँग बसेर काम गर्दा सहज र खुसी मिल्ने उनकाे भनाइ छ । कुमार सापकोटा र माधवराज सापकोटा वैदेशिक रोजगारीबाट फर्किएका हुन् । टोपनाथ भने गाउँमै परम्परागत सैलीमा कृषि गर्दै आएका थिए । तीन युवाले सञ्चालन गरेको फर्म याे क्षेत्रकै उदाहरणीय बनेको छ। खाडी मुलुकमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने उनीहरूको अनुभव छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।