भारतमा गएका श्रमिक भन्छन् : ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

जाजरकोट/बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा ।

कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताउनुभयो । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उनको भनाइ छ । “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइदोरहेछ”, उनले भने । सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदोरहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइले दुःख सुखमा साथ दिएका छन् उहाँलाई ।

भारतमा काम गरेर फर्केपनि न त उहाँको जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुन सक्यो । आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिन्छन् उनी । सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । उनी आउँदा रित्तै भाइबुहारीको घरमा फर्किए । न कमाइ भयो, न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो ।

उनीहरु जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो यो । गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाइ राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गए । कालापारमा कमाइ गर्न जानुभएका उहाँ परिवार पाल्न समस्या भएपछि नेपाल फर्किनुभयो । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् ।

उनले भने, “भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।” ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उहाँको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उहाँको बुझाइ छ ।

अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए । अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन् । आफूसँगका साथीहरु, पढाइलेखाइ गरेर जागीरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।