चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू

कुलप्रसाद काफ्ले/चितवन, ३ पुस ।मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै याे वर्ष चिनवत पुसभर मेला महोत्सवमय बन्ने भएकाे छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् । चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् ।

४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।पूर्वी चितवनकोे राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुससम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ । ‘कोरोनाका कारण थलिएको व्यवसाय प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो,’ आयोजक गड्यौली भिलेज प्रालिका निर्देशक गणेश लामाले भने, ‘महोत्सवमा कृषि, पर्यटन र व्यवसायलाई प्राथमिकता दिन्छौँ ।’

करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ५ माघसम्म गर्ने भएको छ । गतवर्ष नै हुनुपर्ने महोत्सव कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको तयारी तीव्र बनाइएको छ ।

महोत्सवमा करिब चार सय वटा स्टल रहने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । कोरोना महामारीका कारण थला परेका उद्योग व्यवसायलाई उकास्न र यहाँको आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको उनी बताउँछन् ।रत्ननगर उद्योग वाणिज्य संघले पनि पुसमै महोत्सव गर्ने भएको छ । ११औँ संस्करणका रत्ननगर महोत्सव २७ पुसदेखि ८ माघसम्म आयोजना गर्न लागेएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा तीन सय ५० वटा स्टल हुने छन् । पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेकाे उनको भनाइ छ ।

‘विशेषगरी कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हामीले महोत्सव गर्न लागेका हौँ,’ उनले भने, ‘गत वर्ष कोरोना महामारीमा धेरै मानिस घरमै बस्नु परेकाले यसपटक महोत्सवमा धेरैले अवलोकन गर्ने अपेक्षा छ । स्टलहरू पनि ७० प्रतिशत बुकिङ भइसकेका छन् ।’चितवन महोत्सव र रत्ननगर महोत्सव हरेक दुई वर्षमा एकपटक हुने गर्छन् । चितवन महोत्सव बिजोर वर्षमा र रत्ननगर महोत्सव जोर वर्षमा हुँदै आएका थिए । गतवर्ष महोत्सव गर्न नपाएको उवासंघ चितवन यसपटक गर्न चाहन्छ । एउटै उद्देश्यका दुई ठूला महोत्सव यस वर्ष एकै समयमा हुन लागेका छन् । चितवन महोत्सव आगामी वर्ष पनि हुनेछ ।

दुवै महोत्सवको उद्देश्य ‘चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई बढोत्तरी गराउने र स्थानीय उत्पादनका प्रदर्शनीलाई प्राथमिकता दिने हो । यसपटक एकैचोटी महोत्सव गराउने विषयमा दुई संस्थाबीच सहमति भइसकेको छ ।चितवनकै कालिका नगरपालिकामा पनि पहिलोपटक पदमपुर पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव भएको छ । २३ मंसिरदेखि सुरू भएको महोत्सव ४ पुससम्म चल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।