चन्द्रे कामी र सुन्तली मल्लको प्रेम : जातीय विभेदले निमोठेको मुना

खड्क सुनार/मुगु, ८ पुस । जातीय विभेदले थिचिएको कर्णाली । तालको पानी जस्तै तैरिरहेको विभेद । जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली । प्रायस् कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ ।

पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका छन् । यस्तै पीडा कर्णालीका दुई दलित युवाले भोगेका छन् । जाजरकोटका नवराज विक र हुम्लाका चन्द्रे कामी । जाजरकोटका नवराज विकको लखेटी लखेटी हत्या भयो । नवराजको घाउ सेलाउन नपाउँदै हुम्लाको सर्केगाड गाउँपालिका(१ का चन्द्रे कामी जातीय विभेदको सिकार भएका छन् ।

चन्द्रेको मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग प्रेम बस्यो । दुवैले भागी बिहे गरे । तर, सुन्तलीका आफन्तले उनीहरूबीचको प्रेम सम्बन्ध तोडेका छन् । चन्द्रे र सुन्तली तीन वर्षदेखि प्रेमको डोरीमा बाँधिएका थिए ।

तर, तीन वर्षमै दुईबीचको प्रेमको मुना निमोठिएको छ । अर्थात् चन्द्रेबाट सुन्तलीलाई उनका आफन्तले अलग गरेका छन् । अन्तरजातीय विवाह कानुनी रूपमै ठूलो सजायको विषय थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।