कृष्ण माविको लापरवाही : विज्ञान प्रयाेगशालाका सामग्री भान्सा कोठामा

जितेन्द्र थापा/दैलेख, ८ पुस । ठाटीकाँध गाउँपालिका-१ लकान्द्रस्थित कृष्ण माध्यामिक विद्यालय ठाटीकाँध गाउँपालिका कार्यालयकाे दैलोमै छ । गाउँपालिकाका अन्य विद्यालयको तुलनामा यहाँ विद्यार्थीको चाप अत्याधिक छ । गाउँपालिका कार्यालय नजिकै र विद्यार्थी पनि प्रशस्तै हुँदा समेत अवश्यक भवन नहुँदा विद्यालयकाे साख दिनहुँ घट्दाे छ ।

कुनै बेला लकान्द्रको हाइ स्कुल ‘कृष्ण उच्च माध्यामिक विद्यालय’का रुपमा परिचित थियो । तर, अहिले उच्च हटेर कृष्ण माध्यामिक विद्यालयमा सिमित छ । उच्चदेखि माध्यामिक विद्यालमा झरेदेखि विद्यालयको शैक्षिक गुणस्तर पनि खस्किदै गएको छ ।

भवन अभावमा साइन्स सामग्री भान्सा कोठाकाे बोरामा
विद्यालयमा रहेका साइन्सका सामग्री भवन अभाव कारण भान्सा कोठामा थन्काइएकाे छ । यो विद्यालयमा भवन अभाव मात्र हाेइन आवश्यक अन्य पुर्वाधार पनि छैनन् ।विद्यालयमा भएका विज्ञान सामग्री भान्सामा थन्काएकाे मात्रै हाेइन अन्य सामग्री के के छन् भनेर समेत विज्ञान शिक्षक पंकज कठायत र विद्यालयका प्रधानाध्यापक इला मल्ल शाहीलाई थाहा छैन । ‘विद्यालयमा साइन्सको सामग्री आएको लामो समय भयो,’ प्रधानाध्यापक शाहीले भनिन्, ‘के कति सामान छ हेर्नु पर्छ । विद्यालयमा भवन अभावमा साइन्सको सामग्री थन्किएको साँचो कुरा हो । विद्यालयमा साइन्स सामग्री मात्र होइन विद्यार्थी राख्ने कोठा समेत नहुँदा समस्या छ ।’

विद्यालयमा साइन्स शिक्षक भनेर तोकिएका शिक्षकलाई नै साइन्सका कुन कुन सामग्री छन् ? कुन सामग्री छैनन् भन्ने जानकारी नहुनु लापर्वाहीको पराकाष्ठा भएको अभिभावकहरु बताउँछन् ।

कम्प्युटर छ विद्यार्थीको उपयोगमा छैन
कृष्ण माध्यामिक विद्यालयमा २४ वटा कम्प्युटर छन् । नेपाल सरकारको शिक्षा विभागबाट २४ वटा कम्युटर विद्यालयलाई उपलब्ध गराएको कम्युटर प्रयाेगविहिन अवस्थामा रहेका छन् । र त्यसअघि पनि शिक्षा कार्यालय दैलेखले पाँच वटा कम्युटर र रातो बंङ्गलादेखि दुई वटा कम्युटर उपलब्ध गरिएको थियो ।

यी कम्युटरमा खिया लागेर नचल्ले अवस्थामा पुगेका छन् । विद्यार्थीलाई कम्प्युटर सिकाउनकै लागि विद्यालयमा कम्प्युटर शिक्षक तोकिएको छ । तर, पनि कम्प्युटर शिक्षकले कम्प्युटर नपढाएको सोही विद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थी बताउँछन् । हामीले कम्युटर शिक्षकलाई कम्प्युटर सिकाउन धेरै दिन अनुरोध गर्‍यौँ,’ उनले भने, ‘अनुरोध गर्दा पनि भोलिभोलि भन्दै टार्दै गएको र त्यो दिन आएन ।’

विद्यालयभित्र भएका सामग्री पनि सुरक्षित छैनन्
कृष्ण माध्यामिक विद्यालयमा विद्यालयभित्र रहेका सामानसमेत चोरी हुँदै आएका छन् । पेसा व्यवसायमा विद्यार्थीलाई सिकाउनको लागि ल्याइएको सिलाइ मेसिन, कुटोकोदालो समेत चोरी भएका छन् । सामानहरू चोरी हुँदासमेत विद्यालय प्रशासन रमिते बनेर बसेको अभिभावकहरू बताउँछन् ।

शौचालय छ पानी छैन
विद्यालयमा ६ कक्षादेखि १० कक्षासम्म १२ सय जना विद्यार्थी छन् । तर, तिनका लागि न त पानीको व्यवस्था छ । न त सफा चर्पीको व्यवस्था नै राम्राे छ । पानी पिउनको लागि विद्यार्थी विद्यालय बाहिर करिब पाँच मिनेट लाग्ने धारामा पानी पिउन पुग्छन् । जसले गर्दा उनीहरूको पढाइसमेत प्रभावित हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।