सडककाे ट्याक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी

हेमन्त केसी/जाजरकोट, ९ पुस । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर गोरखबहादुर केसीले जानकारी दिए ।

आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएकाे हाे । श्रमिक प्रयाेग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।

आठबीसकाेट-३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ । तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसाे हुने गर्छ ।

वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।