अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झु’ण्डिएको भेटिए एसएसपी यादव
बुटवल, ९ पुस/नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झु’ण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झु’ण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृ’त्युको कारण खुल्न सकेको छैन ।
एलआईसी नेपालले गर्याे २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, ९ पुस/लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।


