४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

दिलमाया शाही/जुम्ला, ९ पुस । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् ।

घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ । उनी बिहान बेलुकका छाक टार्नका लागि सडकमा भौँतारिँदै हिँडेका छन् । स्थानीय सरकार आएको करिब पाँच वर्ष पुग्न लागिसकेको छ । तर, उनी वर्षाैंदेखि गाँसबासको खोजीसँगै ओढारमा रात बिताउँदै आएका छन् ।

चेते कुलाल हिमपातमा होस् या वर्षायाममा झरीलाई झेलेर किन नहोस्, ओढारमा बस्दै आएका छन् । बिहान सबेरै गाँसको व्यवस्थाका लागि गाउँदेखि जिल्ला सदरमुकामसम्म उनी पुग्ने गरेका छन् ।

गाउँमा हुने राहत वितरणमा उनले नपाउने गरेको गुनासो स्थानीयले गरेका छन् । तर, स्थानीय तहले भने उनलाई राहत उपलब्ध गराउने गरेको दाबी गरेको छ । चेते कुलाल भोक लाग्नेबितिकै माग्न हिड्ने गरेका छन् । गाउँमा कसैले दिएमा उनले खान पाउँछन् । नत्र उनी भोकै ओढारमा बस्छन् । चेतेलाई छाडेर श्रीमती र छोरा अलग्गै बस्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।