न्यानो कपडा लिएर गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा

जाजरकोट, १२ पुस/बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही चिसाे माैसममा न्यानाे कपडा वितरण गर्न गाउँगाउँ पुगेकी छन् ।

आर्थिक रूपमा पछि परेका एकल तथा जेष्ठ महिलालाई उपाध्यक्ष शाहीले गाउँगाउँ पुगेर न्यानो कपडा वितरण गरेकी हुन् ।जिल्लाको सबैभन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाहीले एकल महिलाका न्यानाे बनाउन कपडा वितरण गर्न थालेपछि यहाँका महिलाहरू खुसी भएका छन् ।

‘श्रीमान् नभएर के भयो त ? हामी महिलाले महिलाका लागि धेरै काम गर्नुपर्ने छ । जसले पीडा भोगेको छ उसले नै सबै कुरा थाहा पाउने गर्छ । हामी महिला कमजाेर होइन, संसार हाँक्न सक्छौँ भन्ने र स्थानीय सरकार भएको अनुभूति गराउन मैले यो अभियान चलाएको हो,’ उनले भनिन् ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले गाउँपालिकाका ६० सय महिलालाई न्यानो कपडा दिने याेजना बनाएकाेमा अहिले संख्या बढेर आठ सय जति पुगेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।