डोल्पा सदरमुकाम विद्युत् विहिन

हेमन्त केसी/जाजरकोट , १३ पुस । सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

मेसिनमा खराबी आउनेबित्तिकै नेपालगन्ज मर्मतको लागि पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर हेल्पर मुस्कान रावलले जानकारी दिए ।

हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्य परेको स्थानीयले गुनासाे गरेका छन् ।

राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुनेबित्तिकै सबै सेवा बन्द हुने गर्दछ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युतबाट एक हजार २५० घरधुरीले विद्युत् सेवा लिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।