मनाङमा तीन फिटसम्म हिउँ

लमजुङ १४ पुस/मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ ।

शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ ।

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए ।

अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । उनले भने बाक्लो हिमपातका कारण हिँड्डुल गर्न समेत समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।