स्वस्थ शिशु छनाेटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता

सुरेश परियार/हुम्ला, १४ पुस । हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूले स्वस्थ शिशु छनाेटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेकाे छ ।ताँजाकोट गाउँपालिकाले पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउन ‘हेल्दी बेबी’ कार्यक्रमको आयोजना गरेको स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताए ।

निश्चित मापदण्ड बनाएर गाउँपालिकाका १ देखि ४ नम्बर वडामा चार सय ५० जना शिशुहरूको स्वास्थ्य परीक्षण वडास्तरमा ‘हेल्दी बेबी’ प्रतियोगितामा उत्कृष्ट भएका प्रत्येक वडाका तीनजनालाई पहिलो, दोस्रो र तेस्रो छनाेट गरेर पुरस्कृत गरिएको स्वास्थ्य चौकी प्रमुख ढकालल बताए ।

प्रतियोगितामा उत्कृष्टका लागि शिशुको तौल, उचाइ, पोषणको अवस्थालगायतलाई आधार मानेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइएकाे पालिका उपाध्यक्ष मञ्जु बुढा बताइन् ।

स्वास्थ्य परीक्षणपछि ७५ प्रतिशत शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, २० प्रतिशतको मध्यम र बाँकी ५ प्रतिशतको न्यून अवस्था रहेको स्वास्थ्य चौकीले जानकारी गराएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका शिशुका आमाहरूलाई प्रोत्साहनस्वरूप तेल, साबुन, ब्रस, टुथपेष्ट, नेलकटरलगायतका व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।